१० पुस, काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघले यही पुुस १३ गतेदेखि न्यूरोड मोबाइल महोत्सवको आयोजना गर्ने भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी मोबाइल हबको रुपमा चिनिने न्यूरोडमा महोत्सवको आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
उपभोक्ताले गुणस्तरिय मोबाइल सेटहरु मात्र खरिद गरुन भन्ने उद्धेश्यले मेलाको आयोजना गर्न लागिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।नयाँ वर्ष २०१७ को अवसर पारेर न्यूरोड, ताम्राकार कम्प्लेक्स, पिपुल्स प्लाजालगायतका क्षेत्रमा मोबाइल महोत्सव गर्न लागेको हो । ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने नाराका साथ अहिलसम्मकै ठूलो मेला आयोजना गर्न लागेको आयोजकको दावी छ ।

नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको मेलामा मोबाइल सेट खरिद गर्ने उपभोक्तालाई विशेष छुट र उपहारको समेत व्यवस्था गरिएकोपनि जानकारी दिइएकेा छ । महोत्सव पुष १९ गतेसम्म चल्नेछ ।

Advertisements