काठमाडौं, पुस १७ — नेपाल टेलिकमले आइतबारदेखि सुरु गर्न लागेको मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा फोरजी दिउँसो १ बजेदेखि सुचारु हुदैछ । सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोर-जी सेवाको औपचारिक उद्घाटन राजधानीको होटल सोल्टीवाट गर्दैछन्। यो सेवाका लागि टेलिकमले काठमाडौं र पोखरामा गरी पाँच सय भन्दा धेरै बिटिएस टावरमा फोरजी सपोर्ट गर्ने चिप्स र सफ्टवेयर अपग्रेडको काम गरिरहेको छ।

सुरुवातमा काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालनमा आउनेछ। काठमाडौंमा दुई लाख ७५ हजार र पोखरामा तीन लाख २५ हजार जनाले फोरजी सेवा सञ्चालन गर्न पाउनेछन्। टेलिकमका अनुसार यो सफ्ट लन्च मात्रै हो।

हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी द्रुतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ । फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठूला फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ ।

यस्तो छ फोर जी एक्टिभ गर्ने तरीका

अहिले यो सुविधा पोष्टपेड चलाउने प्रयोगकर्ताले मात्र उपयोग गर्न पाउनेछ । प्रिपेड प्रयोगकर्ताले भने तीन सातापछि मात्र यो सुविधा प्रयोग गर्न पाउने छ । यो सेवा लिनको लागि नेपाल टेलिकमका गएर सिधै सम्पर्क गर्न पनि सकिनेछ । साथै आफैले एक्टिभ गर्नको लागि *444# मा डायल गरेर यो सुविधा प्रयोग गर्न सकिनेछ ।

त्यसको लागि *444# डायल गर्नुहोस् अनि LTE भन्ने वा 4G भन्ने मध्ये कुनै देखाउछ । त्यसलाई छनोट गरेपछि तपाईले आफ्नो मोबाईल सेटवाट फोरजीको सुविधा लिनसक्नु हुनेछ । तपाईलाई थप जानाकारी चाँहिएका नेपाल टेलिकमको १४९८ मा फोन गरेर जानाकारी लिन सक्नुहुनेछ ।

हेर्नुहोस् प्रक्रिया

मोबाइलको किप्याडमा *444# थिच्नुस् र डायल गर्नुस्। तपाईँको मोबाइलमा यस्तो सन्देश देखिनेछ-

रिप्लाइमा २ थिचेर सेन्ड गर्नुस्। तपाईँको मोबाइलमा यस्तो सन्देश देखिनेछ-

केही समयमा नै तपाईँको मोबाइलमा १४१५ बाट सेवा सुरु भएको एसएमएस आउनेछ। फोरजीको यो प्रोमोसनल प्याक जनवरी ५ तारिखसम्म मात्र कायम रहनेछ

न्यूनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्यूनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् ।

सबै उपभोक्ताले प्रयोग गर्न नपाउने

काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ । फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन ।

फोर जी सेवा नेपाल टेलिकमले वितरण गरेका केही सीमित सिममा मात्र चल्नेछ । यसका लागि ‘कम्प्याटेबल’ सिम चाहिन्छ । वितरण भएका सबै सिम ‘कम्प्याटेबल’ मा ‘भेरिफाइड’ छैनन् । टेलिकमका सबै सिमकार्डलाई फोर जी सेवाका लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डमा मात्र यो सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।
भेरिफाइट भएका सिम पनि टेलिकमले वितरण गरिरहेको छ । अब पुनः फोर जी सेवा सुचारु भएसँगै बाँकी टेलिकमका चार वर्षभन्दा अगाडि वितरण भएका सिमकार्डमा फोर जी सेवा नचल्ने तर त्यही नम्बरको अपग्रेड सिम टेलिकमले ग्राहकलाई उपलब्ध गराउनेछ ।

यो पनि पढ्नुहोस् ।

कुन-कुन माेबाइल सेटमा चल्छ फाेर-जी ? यी हुन फोर-जी चल्ने मोबाइल सेटहरु

Advertisements