विगत २४ वर्षदेखि कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धित निकायसँग समन्वय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी एवं सम्मेलनहरूलाई निरन्तरता दिँदै आएको छ । क्यानका यस्ता गतिविधिमा व्यवसायीहरूले व्यापारिक सम्भावनाहरू विस्तारित गर्नुका साथै नयाँ प्रविधि प्रदर्शन गर्ने अवसर प्राप्त गर्छन् । मेला अवलोकनकर्ताहरूले सूचना तथा सञ्चार प्रविधिका नयाँ–नयाँ प्रविधि तथा ग्याजेटहरूको अवलोकन गर्नुका साथै खरिदसमेत गर्न पाउनेछन् ।

प्रत्येक वर्ष आयोजित गरिंदै आएको क्यान–इन्फोटेकको उद्देश्य संसारमा सूचना तथा सञ्चार प्रविधिमा भएका विकास, नयाँ प्रविधिका विषयमा जानकारी प्रदान गर्ने पनि हो । २३ औं संस्करणको क्यान–इन्फोटेकको मुख्य प्रायोजन सुबिसु तथा एसोसिएट प्रायोजक सामसङ रहेको हुनाले यो संस्करणको अफिसियल नाम ‘सुबिसु क्यान–इन्फोटेक–२०१७ इन एसोसिएसन विथ सामसङ’ छ । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाइल, डायमन्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्डेन स्पोन्सरहरू– हुवावे र ओप्पो मोबाइल, सिल्भर स्पोन्सरहरू– नेटिस, एसपावर, एमआई स्मार्टफोन र लेनोभो छन् ।

क्यान–इन्फोटेक–२०१७ मा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहनेछन् भने ट्रसमा १ सय ४४, ओपन स्पेसमा १४ तथा फुुड स्टलमा १० गरी जम्मा २ सय २२ वटा स्टल रहनेछन् । यो प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आई सिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य छन् ।

अघिल्ला वर्षहरूमा जस्तै यसपालिको क्यान–इन्फोटेकमा पनि उल्लेख्य सहभागिता रहने आयोजकहरूको अपेक्षा छ । गत वर्षको क्यान–इन्फोटेकमा ३ लाख ६३, हजार ४ सय ५६ जना अवलोकनकर्ता रहेकोमा यसपटक ४ लाखभन्दा बढी सहभागी हुने क्यान महासंघका अध्यक्ष विनोद ढकालले बताए । यो मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय रुपैयाँ तथा विद्यार्थीलाई ५० रुपैयाँ छ । २०७३ माघ १६ गते आइतबारको दिनलाई बिजनेस डेका रूपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सबै अवलोकनकर्ताका लागि १ सय रुपैयाँ तोकिएको छ । उक्त दिन विशेषगरी बिजनेस हाउसहरूले आफ्नो व्यापार प्रवद्र्धनका लागि विभिन्न डिलर तथा भेन्डरहरूसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्नेछन् ।

सरकारी विद्यालयहरूबाट अग्रिम रूपमा लिखित अनुरोध सहितको नामावली प्राप्त भए क्यान इन्फोटेकमा नि:शुल्क प्रवेश पाइने व्यवस्था गरिएको छ भने सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले अनलाइन टिकट खरिदको अग्रिम व्यवस्था समेत मिलाइएको छ । यसरी अनलाइन टिकट खरिद गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ ।

यसपालिका आकर्षण

यस पटकको क्यान–इन्फोटेकमा विशेषगरी ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीमा जोड दिइएको छ । ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित उच्च गतिको इन्टरनेट प्रमुख आकर्षण बन्ने अनुमान छ भने टेलिफोन तथा मोबाइल फोन कम्पनीहरू पनि आकर्षक अफर लिएर आउँदैछन् । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयरमा पनि विशेष सहुलियतको व्यवस्था छ ।

नेपाल सरकारले देशका प्रमुख सहरहरूमा अनिवार्य रूपमा म्ष्नष्तब ित्ख् त्चबलकmष्ककष्यल प्रणालीलाई लानुपर्ने लक्ष्य लिएअनुरूप त्यससम्बन्धी जानकारी पनि मेलामा उपलब्ध गराइनेछ । विश्व विख्यात ब्लमचयष्म :यदष्भि ९क्mबचत एजयलभ० का नयाँ प्रविधि यो प्रदर्शनीका मुख्य आकर्षण हुनेछन् । प्रदर्शनीमा नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधारसम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ ।

इन्फोटेकमा सुबिसुले आफ्ना ग्राहकलाई थप नवीनतम तथा अत्यन्त उच्च कोटीका सेवाहरू जस्तै –डिजिटल टिभी सेवा तथा ब्रोडब्यान्ड इन्टरनेट सेवासम्बन्धी जानकारी प्रदान गर्नेछ भने एसोसिएट प्रायोजक सामसङले नेपालका लागि विशेष सुविधा र डिजाइनका विभिन्न फोनहरू प्रदर्शन गर्नेछ । यसपटक दर्शकले ऋढ एचय तथा ब्ठ(द्दण्ज्ञठ मोडलका नयाँ फोन खरिद गर्न सक्नेछन् । त्यस्तै डायमन्ड स्पोन्सर नेपाल टेलिकमले आफ्नो नयाँ प्रविधि फोरजीलाई पनि मेलामा प्रदर्शन गर्नेछ ।

नयाँ ग्याजेटहरू

सामसङको सि–९ प्रो
६ जिबी र्‍याम, १६ मेगापिक्सेल क्यामेरा, ६४ जिबी स्टोरेज भएको सामसङ ग्यालेक्सी सि ९ प्रो मोबाइल क्यानको एउटा आकर्षण हुनेछ ।

ए–७ २०१७
अंग्रेजी नयाँ वर्षमा सार्वजनिक भएको हो– सामसङको ए–७ २०१७ मोडलको सेट । यसमा ३ जिबी र्‍याम, १६ मेगा पिक्सल क्यामेरा तथा ३२ जिबी स्टोरेज क्षमता छ । फिङ्गर प्रिन्ट भएको यो सेट चारवटा कलरमा उपलब्ध छ ।

आईसिटी कन्फेरेन्स–२०१७

नेपालको सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार एवं प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि हुँदै आएको क्यान आईसिटी कन्फेरेन्स यस वर्ष २०७३ माघ १६ र १७ गते सोल्टी क्राउन प्लाजा, काठमाडौंमा हुन गैरहेको छ । कन्फेरेन्समा क्ष्लायचmबतष्यल बलम ऋयmmगलष्अबतष्यल त्भअजलययिनथ ायच क्गकतबष्लबदभि म्भखभयिऊभलत ९क्ष्ऋत्द्धक्म्० विषयमा दुई दिने १७ औं अन्तर्राष्ट्रिय आइसिटी कन्फेरेन्स हुनेछ भने सम्मेलनमा स्मार्ट सिटी, भिलेज, कम्युनिटीज्, स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेसन, स्मार्ट हेल्थ आदि विषयमा दक्षिण कोरिया, जर्मनी आदि देशका विज्ञहरूबाट कार्यपत्र पेस हुनेछन् ।

ओप्पोका तीन मोडल
छोटो समयमै लोकप्रियता पाएको ओप्पोले तीनवटा मोडल एकैपटक सार्वजनिक गर्दैछ– ओप्पो एफ १ एस, ओप्पो ए ३७ तथा ओप्पो नियो ७ । सेल्फी खिच्न बढी चर्चित ओप्पोका यी सेटमा अन्य सुविधाहरू पनि उपलब्ध छन् । यसको ब्याट्री तथा प्रोसेसर पनि गुणस्तरीय भएको टेलिसेलका सुनिल अग्रवालले बताए ।

एमआईको रेडमी 
एमआईको रेडमी नोट फोर– ३ जिबी र्‍याम, ३२ इन्टरनल मेमोरी । मि ५ एस प्लस – १३ मेगापिक्सेल डयुअल क्यामेरा, ४ जिबी याम, ६४ जिबी इन्टरनल मेमोरी । ब्याट्री–राम्रो र टिकाउ । रेड् मि फोर – सस्तो, राम्रो र बलियो । २ जिबी र्‍याम, १६ जिबी इन्टरनल मेमोरी । १ सय २८ जिबी सम्म मेमोरी बढाउन सकिने ।

 

Follow us on

Facebook Tech4Nepal,

Twitter Tech4Nepal, Tumblr Tech4Nepal

Advertisements